समाचार

चट्याङ लागेर मृत्यु

बलेवा । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङके उनको घरमा

सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । चुडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो । आज बिहान परेको मुसलधारे पानीले सो सडकखण्डअन्तर्गत अन्य क्षेत्रमा पनि लेदो झरेको र त्यो सफा गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा । पोखरमा (कोभिड १९)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड १९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो । पोखरा १० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक ड. अर्जुन आचार्यले बताउनु भयको छ । स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो । गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो । बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम

गाई काटेर खान खोज्ने प्रतिवादीलाई मुद्दा दर्ता

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ जना प्रतिवादी हालसम्म

बैतडी : बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को

पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिई० र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिइ०

साँखु –फट्केश्वर सडक कालोपत्रे हुने

सिन्धुपाल्चोक । जिल्लाको उत्तरपश्चिमी भेगको ‘लाइफ लाइन’ साँखु –फट्केश्वर सडक कालोपत्रे हुने भएको छ । उक्त सडक काठमाडाँैं जिल्लाको शङ्खरापुर नगरपालिकाका साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भई पुष्पलाल मध्यपहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, शङ्खरापुरका प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधि र सरोकार पक्षको विशेष पहलमा कालोपत्रे हुन लागेको हो । सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका,