फिचर समाचार

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ। भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड(१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्य लाभको कामना गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गर्नुभएको सम्बोधनको प्रशंसा पनि गरिएको छ।

भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौँ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । ‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’ भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने

नेकपा केन्द्रीय कमिटी बैठक सर्ने सम्भावना

काठमाडौँ । सत्तारुढ नेकपा केन्द्रीय कमिटी बैठक सर्न सक्ने देखिएको छ। कोरोना महामारीसँगै आगामी महाधिवेशनको कार्ययोजना तयार समेत नभएकाले बैठक सर्न सक्ने बताएइको छ। काठमाडौ उपत्यका दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेकाले बैठक बस्न समस्या देखिएको कतिपय सदस्यले नै बताएका छन्। कुल ४ सय ४७ जना केन्द्रीय कमिटी सदस्य सहित सम्पूर्ण नेता कार्यकर्तालाई व्यवस्थापन गर्न कठिन हुन सक्ने पार्टी केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले बताए। तर, बैठक स्थगित गर्ने

टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०स्११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०स्१९ बजे उत्तम रहेको समितिका अध्यक्ष

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो। “आफू र आफ्नो परिवारसमेत सचेत र

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए। आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको

पौडी खेल्ने क्रममा डुबेर कैलालीमा २ बालिकाको मृत्यु

धनगढी । कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. ५ सरैयामा पौडी खेल्ने डुबेर दुई जना बालिका मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडा नगरपालिका ५ सरैया बस्ने गगन ढुंगालको छोरी वर्ष ९ की अस्मिता ढुङ्गाल र सोही ठाउँ बस्ने धनबहादुर बिष्टकाे छाेरी वर्ष ७ कि अर्चना बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट गएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकाे टाेलीले उनीहरूलाई घटनास्थल भन्दा १०० मिटर तलबाट मृत अवस्थामा फेला पारेको

धनगढीमा कोरोनाका थप १ जना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु भएको छ । डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।