कलंकीमा ट्रक दुर्घटना , १ जनाको मृत्यु


काठमाडौँ । राजधानीको कलंकीमा शुक्रबार साँझ भयानक दुर्घटना भएको छ। नागढुंगा तर्फबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कलंकी चोक नजिकै तीव्र गतिको ट्रक ब्रेक फेल भएर घर भित्र पसेको छ भने सो ट्रकले किचेर १ को मृत्यु र ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

ट्रक कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल भई ८ वटा सवारी साधनलाई ठक्कर दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *