फिचर समाचार

सुदूरपश्चिम प्रदेश युवा परिषद सदस्यमा दार्चुलाका धामी नियुक्त

सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको हो । यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन । मंगलबार दार्चुलाबाट हिरासिंह धामी सहित विभिन्न जिल्लाबाट सदस्यहरु नियुक्त भएसंगै समितिले पुर्णता पाएको हो ।समावेशीता र भुगोलका आधारमा रहेर रिक्त सदस्यहरु पदपुर्ती गर्नु पर्ने भएकाले केही बिलम्ब भएको सामाजिक

बैबाहिक बर्षगाँठ  मा जीवनसाथीलाई जीवन बीमा पोलिसी उपहार

दार्चुला । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको छ । यसैक्रममा दार्चुलाका एक दम्पत्तिले बैवाहिक दिवसको अवसरमा दश लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएर भविष्य अझै सुनिश्चित गरेका छन् । लेकम गाउँपालीका ५ स्थाइ घर भइ हाल नेपालगञ्ज

सूर्यालाईफ ईन्स्योरेन्स द्वारा एकै दिन दुई वटा मृत्यु बिमा  दाबि भुक्तानी

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी गरेको छ । गौरीगंगा नगरपालीका २ चौमाला का बिमित स्वर्गीय सफल गिरीको क्यानसरका कारण मृत्युभएको थियो उहाको चार बर्ष अगाडी रु एक लाख बराबरको साबधिक बिमा गराउनु भएको थियो उहाकी आमा गेणु देबि गिरीराइ रु १४४,,०६२ बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखा प्रमुख नरेश भट्टले हस्तान्तण गर्नुभएको छ । साथै आजौ दशरथचन्द नगरपालीका २ बैतडी बिमित

हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

काठमाडौं । बीमा समितिबाट हिमालयन रि नामक कम्पनीले पुनर्बीमा कम्पनीको कारोबार अनुमति नपाउँदै एक अर्ब भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । आज प्रकाशिक नागरिक दैनिकका अनुसार कूल एक अर्ब डिलमा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स दिन लागेको दावी गरिएको छ । पत्रकार दिलिप पौडेलले लेखेको समाचारमा हिमालयन रि इन्स्योरेन्सका सञ्चालकलाई उध्रित गर्दै प्रतिकित्ता १० रुपैयाँका दरले घुस दिइएको दावी गरिएको छ । हिमालयन रिका मुख्य सञ्चालक

यूनियन लाइफका सिइओ कर्णको कार्यकाल ४ वर्ष थपियो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय गरेको हो । बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेका कर्णले

नेपाल लाइफले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिन लागेको छ । अभिकर्ताको चर्को विरोध पछि कम्पनीको व्यवस्थापनले गत जेठ १ गते जारी गरेको सूचना अनुसारको टार्गेट फिर्ता लिन लागेको हो । कम्पनी स्रोतका अनुसार अभिकर्ताको दवाव थेग्न नसके पछि फिर्ता लिनु पर्ने हुन सक्छ । स्रोतका अनुसार जीवन बीमा कम्पनीको असार महिनामा अरु महिना हेरी ब्यापार बढी हुने गर्छ यदि १ गतेको सूचना फिर्ता नभए ब्यापार

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए । ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा

कैलालीमा जेठ ३१ गते सम्म लम्बियो निषेधाज्ञा

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । आइतबार मङ्गलवार बिहीबार शनिवार मात्र बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल खोल्न पाउने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सिफारिसमा प्रशासन कार्यालयले निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। यसअघि