सुदूरपश्चिम प्रदेश

बाढीले बगाएर अछाममा १७ जना बेपत्ता, दुईको मृत्यु

काठमाडौँ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको

पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस

महेन्द्रनगर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई वर्षसम्म सदस्यता नवीकरणका लागि महासङ्घको सम्पर्कमा नआएका सदस्यको सदस्यता खारेजका लागि पत्रकार महासङ्घ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । महासङ्घमा शुद्धीकरणको चर्चा चलिरहेका बेला महासङ्घले विधानअनुरूप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यको सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले

महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने

दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ । कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो । बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन

काठमाडौँबाट गौरीफन्टा नाका पुगेर खाना खुवाउँदै नेता महर

धनगढी । नेपाल-भारतको सीमानाका गौरफन्टामा पुगेर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन व्यस्त छन् । विचल्ली परेका नेपालीलाई नेता महरलगायत युवा नेता गजेन्द्र बिक्रम शाही, दिवेन्द्र जोशीहरू खाना खुवाउन जुटेका छन्। भारतबाट सुदूरपश्चिममा मात्रै तीन लाख मानिस नेपाल भित्रिएका छन् । राज्यले सीमामा विचल्ली परेका नागरिककाको बेवास्था गरिरहेको अवस्थामा आफू उद्धारमा जुटेको नेता महरले बताए । उनी दुई दिनअघि मात्रै काठमाडौँबाट कैलाली पुगेका हुन्। भारतबाट

'कालापानीबाट भारतले सेना फिर्ता लैजानुपर्छ'

काठमाडौँ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन्।  राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदले दलीय स्वार्थमाथि उठेर राष्ट्रियता एवम सार्वभौमसत्ताको पक्षमा एकै स्थानमा उभिएर नेपाली एक मत छन् भन्ने सन्देश दिएका हुन्। सरकारले सार्थक वार्ताका माध्यमबाट भारतसँग कूटनीतिक एवम राजनीतिक पहल गरेर नेपालको भूभागमा राखिएको भारतीय

धनगढीमा एनआईसी एसिया बैंकको एटीएम तोडफोड

धनगढी । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटीएम तोडफोड गरिएको छ । प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । तोडफोडको घटना बैैंकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीवार राती १२ बजे तोडफोड भएको हो । मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको सिसीटिभिमा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका

दार्चुलाका स्थानीय तहहरूले झण्डै १ करोड पर्ने पिसीआर मेसिन किन्दै

दार्चुला । दार्चुलाका नौवटै स्थानीय तहहरूले मिलेर कोरोना संक्रमण भए नभएको थाहा पाउने पिसीआर मेसिन खरिद गर्न भएका छन् । जिल्ला स्तरमा कोरोना परीक्षणका लागि गर्न भरपर्दो स्वास्थ्य सामग्री किन्न लागेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो । कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरी पिसीआर प्रयोगशाला धनगढी पठाउनु पर्ने तथा त्यँहा परीक्षण निकै सुस्त गतिमा हुन थालेपछि जिल्लामै स्वाब परीक्षण गर्न नौवटै स्थानीय तह मिलेर पिसिआर मेसिन