बागमती प्रदेश

गरिमा विकास बैंक ‘ गरिमा माइक्रो लाइफ र गरिमा माइक्रो जनरल इन्स्योरेन्स स्थापना गर्ने तयारीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लघुबीमा कम्पनी स्थापना गर्नको लागि संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुलाई लगानी गर्न चाहेको खण्डमा आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ । बैंकले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले गत भदौ १० गते लघुबीमा कम्पनी स्थापना गर्न सम्बन्धी लाइसेन्स वितरण गर्ने सूचना जारी गरेकोमा सोही अनुरुप संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहलमा ‘गरिमा माइक्रो लाइफ’ तथा ‘गरिमा माइक्रो जनरल’ इन्स्योरेन्स कम्पनीहरु संस्थापना प्रक्रिया अघि बढाएको हो

बिमा समितिले खुलायो लघुबिमा लाइसेन्स, चुक्ता पुँजी ७५ करोड

काठमाडौं । नियामक निकाय बीमा समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो । बीमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५ औं दिन दिनको १२ बजेभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ । प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा

सूर्यालाइफका चन्द्रकान्त एमडिआरटी सम्मेलनमा भाग लिन अष्ट्रेलिया प्रस्थान

काठमाडौ ।अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी)  मिलियन डलर  राउन्ड टेबल ग्लोबल कन्फ्रेन्समा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट  एमडीआरटी बनेका रुपन्देहीका चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन । उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुने छ । शाखा स्थापनाको पहिलो बर्षमै पहिलो एम डि आर टि बनेका पन्थीलाई सुर्या लाईफ इन्स्योरेन्स मुर्गिया शाखा रुपन्देहीका शाखा प्रमुख उत्तम

सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघ र पेशागत बीमा अभिकर्ता संघ सूर्या लाइफ बीच सम्झौता

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ सूर्या लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङ र सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघका अध्यक्ष रघुनाथ भण्डारीले हस्ताक्षर गरेका हुन् । एक अर्काको पेशागत हकहित र अधिकारको लागि तथा कम्पनीको स्थायित्व, कर्मचारीहरू र अभिकर्ताहरूको क्षमता अभिवृद्धि विकासमा दुवै पक्षले सहयोग गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको संघका अध्यक्ष तामाङ्गले जानकारी दिए । कम्पनी गाभ्ने,

प्रभु लाइफको जीवन बीमा कोष ५६.४९ प्रतिशतले बढ्यो, खुद नाफा ५७.४३ घट्याे

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । मर्जर प्रक्रियामा रहेको कम्पनीको जीवन बीमा कोष ५६.४९ प्रतिशतले बढेर ३ अर्ब ३ करोड ७१ लाख ८३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १ अर्ब ९४ करोड ७ लाख ५६ हजार रुपैयाँ रहेको छ । प्रभु लाइफले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ

सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको

बिमा कर्मचारीकाे सुबिधा सम्बाेधन गर्न  नेपाल बित्तिय  कर्मचारी संघले गर्याे बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । नेपाल वित्तीय सस्था कर्मचारी संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गर्ने आग्रह गरेको छ । संघले आज एक बक्तव्य जारी गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको सेवा सुविधा पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण गराएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २.५ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पु¥याउन निर्देशन दिएको छ

प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त दियो । कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो ।दाहालले विनेशन एडमिनिष्ट्रेशनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।@beempost.comबाट

इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ । इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत् राख्नुपर्ने अवस्था रहेको निगमले बताएको हो । निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।’ इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, आत्महत्या हुनसक्ने प्रहरीको भनाइ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।