बागमती प्रदेश

भोलि र पर्सि सार्वजनिक बिदा

काठमाडौँ , अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सतर्क भएर मात्र यात्रा गरौं

काठमाडौं,  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा आति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७÷८ बजेबाट आइतबार मध्यान्ह १२÷१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा भारी वर्षको पूर्वानुमान गरेको उल्लेख गर्दै मन्त्री घिसिङले सतर्क भएर यात्रा गर्न सबैलाई आग्रह गर्नुभएको छ । भारी

सुमनाले छोडिन् रास्वपा

काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’ पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी

सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन

काठमाडौं ,राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । आजै सिंहदरवार पुगेर कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । आजै कार्कीले पहिलो निर्णयको रुपमा मौजुदा संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति पौडेल समक्ष गरेपछि राष्ट्रपतिले संसद विघटन गर्नेछन् । जेनजी आन्दोलनकारीहरुको

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुन: सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्। आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।

देशभर  कर्फ्यु आदेश जारी , सेनाद्वारा सहयोगको अपिल

काठमाडौं , नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ

विना काम घरबाहिर ननिस्कन सेनाकाे आग्रह, सडकमा सेना

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । विभिन्न राजनितीक दलका नेताहरूले राजिनामा दिन सुझाव दिएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

ओली निवास बालकोटमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।