बागमती प्रदेश

देशभर  कर्फ्यु आदेश जारी , सेनाद्वारा सहयोगको अपिल

काठमाडौं , नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ

विना काम घरबाहिर ननिस्कन सेनाकाे आग्रह, सडकमा सेना

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । विभिन्न राजनितीक दलका नेताहरूले राजिनामा दिन सुझाव दिएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

ओली निवास बालकोटमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ,जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

बालेनको अपव्ययः महानगरका १६२ जनप्रतिनिधिका लागि बनाए सुनको ‘ब्याच’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधिहरूका लागि सुन र चाँदी मिश्रित लोगो बनाएर फजुल खर्च गरेको भेटिएको छ । महानगरपालिकाले जनप्रतिनिधिका लागि भन्दै १६२ वटा लोगो (ब्याच) बनाएर फजुल खर्च गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक प्रतिवेदनमा महानगरपालिकाले उक्त अपव्यय गरेको उल्लेख गरेको छ ।  महानगरपालिकाले १६२ पदाधिकारीका लागि ४८६ ग्राम सुन र १,९४४ ग्राम चाँदी प्रयोग गरी लोगो निर्माण गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख

नाउपा ले गर्याे दूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले युगदर्पण डट कमलाई जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

सबैलाई अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब रिसोर्टमा भेटिए

काठमाडौं,अलबिदा लेखेर सम्पर्कविहीन  भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा