प्राविधिक तालीम खारेजको निर्णय दुःखद् : नेविसङ्घ
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइई स्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताउनुभएको हो । “प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित