युग दर्पण

एलन मस्क बने संसारको दोस्रो सर्वाधिक धनाढ्य

हप्ताभरीको ठूलो आर्थिक खबरमध्ये एउटा थियो – एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो र यससँगै एलन मस्क संसारको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भए । यो दोस्रो स्थानमा उनी अघि बिल गेटस् थिए । टेक्नोलोजी जगतको खबरसँग सम्बन्धित बीबीसी टेक टेन्ट पोडकास्टको प्रश्न छ कि इलेक्ट्रिक कार बनाउने यो कम्पनीमा लगानीकर्ताले त्यस्तो के देखे जुन एक वर्ष अघि मात्रै पनि देखिएको थिएन । किनभने सन् २०२० को

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

धनगढी । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । यो २४।७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७

बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु, छ घाइते

बैतडी। बैतडीको झुलाघाटमा जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । भने अन्य छ जना घाइते भएका छन् । झुलाघाटबाट बैतडी सदरमुकाम गोठलापानीतर्फबाट आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुड्डा नजिक आज दिउँसो १ बजे दुर्घटना भएको छ । दुर्घटना परेर कलावती चन्द, भगिरथ पाण्डे, पार्वती चन्द, पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । रबिन्द्र चन्द, प्रदिप लाबड, खगेन्द्र जोशी, कृष्णानन्द

४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च !

८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश

स्नातक तहको शैक्षिक सत्र खेर नजाने !

काठमाडौँ । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय

कमाइ खाने बाटो बन्दै कोरोना  : एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ !

सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति रु’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क,

बधाई ! सन्दीप लामिछानेले होबर्टबाट ‘बिग ब्यास’ खेल्दै, को-को छन् टिममा ?

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले विश्व चर्चित अस्ट्रेलियाको टी(२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग ९बिबिएल० मा नयाँ टिममा आबद्ध भएका छन् । मेलवर्न स्टार्सबाट दुई सिजन खेलेका लामिछानेले अबको सिजन होबर्ट हुरिकेन्सबाट खेल्ने भएका हुन् । होबर्ट हुरिकेन्सले बिहिबार लामिछानेसँग सम्झौता भएको घोषणा गरेको छ। यद्यपि सम्झौता रकम भने खुलाईएको छैन । टिमले विदेशी खेलाडीको रुपमा लामिछानेसँगै इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउललाई पनि अनुबन्धित गरेको छ । त्यस्तै

बस दुर्घटनामा परी नौ जनाको ज्यान गएपछि दोगडाकेदार गाउँ शोकमा

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार

सुर्खेतमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १०