राम कुमारी झाँक्रीलाई हुनसक्छ ७ वर्ष जेल


काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो।

सो धारामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ। मुलुकी अपराध सहिंतामा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन नहुने।’

यस दफाअनुसार कसुरदार प्रमाणित भएमा ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ। कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *