सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीशहरु


काठमाडौँ । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरू आज सर्वोच्च अदालत पुगेका छन्।

पूर्वप्रधान्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन्। उनीहरूले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *