युग दर्पण

काठमाडौँका प्रजिअ दाहाललाई कोरोना

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

काठमाडौँ । भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाउनुभएको देखिएको छ । बुधबार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मतसर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नुहुनेछ । पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले

हत्या अभियोगमा चार जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही

७ वाणिज्य बैंक सहित ४१ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४१ कम्पनीहरुको लाभांश घोषणा गरेका छन् । युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६।३२ र तेस्रो शिवम् सिमेन्टसले २४।२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । २४ कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गरेका छन् । सबैभन्दा कम सेञ्चुरी क्यापिटल, ग्लोबल आईएमई समुन्नत योजना १, र कुमारी क्यापिटलले समान ४ प्रतिशत लाभांश घोषणा

सभापति देउवाद्वारा नेता गहतराजको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । दलित सङ्घका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो । सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा

कोरोनाबाट थप २३६४ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन्

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

१३ कात्तिक, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी

Free COVID treatment people’s right: Deuba

KATHMANDU,  The main opposition Nepali Congress today condemned the government’s decision to charge people for COVID-19 test and treatment. NC President Sher Bahadur Deuba issued a press release demanding repeal of the government’s decision. Deuba urged the government to provide free COVID test and treatment services to all citizens.   He stated in the press release that the government, which was supposed to play the role of a guardian in

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो । प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले