युग दर्पण

घुम्ती शौचालय उपयोगविहीन

सिराहा । गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ । गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो । घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक

प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण

काठमाडौँ । प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिए । परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् । पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य

विद्युतीय माध्यमबाट घर नक्सा पास

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति

शनिवार यी स्थानमा बत्ती जाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती

कलंकीमा ट्रक दुर्घटना , १ जनाको मृत्यु

काठमाडौँ । राजधानीको कलंकीमा शुक्रबार साँझ भयानक दुर्घटना भएको छ। नागढुंगा तर्फबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कलंकी चोक नजिकै तीव्र गतिको ट्रक ब्रेक फेल भएर घर भित्र पसेको छ भने सो ट्रकले किचेर १ को मृत्यु र ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक कालिका

थप १ हजार ४४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ४१४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६३३ पुरुष र ४११ महिलामा संक्रमण देखिएको हो । परीक्षणको करिब १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४०२, ललितपुरमा १३१ र भक्तपुरमा ३४ जना रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या दुई

जन्मदिनको उपलक्ष्यमा सूर्या लाइफको बिमा पोलिसी उपहार

दार्चुला ।महाकाली नगर पालिका वाड न ४ बजार मा बस्ने बसन्ती भट्ट ले आफ्नो छोराको १० जन्मदिनको उपलक्ष्यमा रू ७ लाख ५० हजार बिमाङ्क रकम बराबरको बाल साबधिक जीवन बिमा गराउनु भएको छ । उच्च शिक्षाका लागि एक मुस्ट ठुलो पुजि संकलन गर्न नसकिने र सो पुजि संकलनका लागि जिवनबिमा एक उत्तम माध्यम भएको एजेन्सी मेनेजर चन्द्र देब भट्ट जानकारी गराउनु भयो । घर खर्चबाट केही पैसा बचाए र छोराको

संखुवासभामा दुर्घटना, १ जनाकाे मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको को२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको ना४५प २०७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका खाँदबारी–१, चाँदनीचोकका २५ वर्षीय दिवश राईको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए। मोटरसाइकलमा

महाधिवेशनको मिति सार्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ। कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन

शिक्षकको हत्या गर्नेलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौँ। मोरङको मिक्लाजुङ् गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापकका हत्यारालाई कारबाही गर्न माग गरेको छ । प्राधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलबार विभत्स हत्या गरेका थिए । यस घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरणसमेत खलबलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि