युग दर्पण

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गर ाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुने समेत प्रष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व

महालक्ष्मी बैंक कुमारीपाटीमा कर्मचारीकै मिलेमतोमा यसरी भयो सात करोड ४२ लाख घोटाला

खोटाङ घर भएका पूर्ण राई र देवानन्द राई ललितपुरका सुन व्यवसायी हुन्। पूर्ण ललितपुर महानगरपालिका(५ लगनखेल र देवानन्द राई ललितपुर(१४ विशाल चोक बस्छन्। दुवै जनाले प्रयोग गर्दै आएको व्यापारिक फर्म अनुसन्धानको क्रममा रहेकाले प्रहरीले नाम खुलाएको छैन। तर, राईद्वयले २०७४ सालयता पटक(पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिँदै आएको देखिएको छ। सुन राख्दै कर्जा लिँदै गरेका दुवै अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। महालक्ष्मी बैंक केन्द्रीय कार्यालयले

१२ जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको

चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै

काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए। गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी

नेपाली शुद्ध लेख्ने आधिकारिक नियमहरू

१. विषय प्रवेश नेपाली भाषा अधिकांश नेपालीको मातृभाषा, अरू मातृभाषी नेपालीहरूको सम्पर्क भाषा र सबैको सरकारी कामकाजको भाषा हो । यसकारण नेपाली भाषाको प्रयोगमा मानक वर्णविन्यासको प्रयोग हुनुपर्दछ । मानक भनेको आदर्श, शुद्ध र सही रूप हो । मानक रूपमा शुद्धता, उच्च स्तरीयता र एकरूपता हुन्छ । आधिकारिक निकायहरूले प्रयोगमा ल्याएको तथा भाषाका वक्ताले आदर्श मानेको र सामाजिक सांस्कृतिक आदान प्रदानका साथै सरकारी कामकाज र शैक्षिक क्षेत्रमा समान रूपमा प्रयुक्त

डोटीमा भूकम्पको धक्का

डाेटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३।७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा

समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपाः अध्यक्ष दाहाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा

कानुनले किसानलाई फाइदा पुग्छः प्रधानमन्त्री मोदी

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानुन किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानुन यसका लागि सहायक हुने बताए । ‘शीत भण्डारण संरचनालाई आधुनिकीकरण गरिने छ । यसले कृषि क्षेत्रमा थप लगानी भित्राउने छ र यसबाट किसानहरू सबैभन्दा बढी लाभान्वित हुनेछन्,’ प्रधानमन्त्री मोदीले भारतको ‘फेडेरेसन अफ च्याम्वर्स अफ कमर्स एण्ड इन्डट्रिज

घुम्ती शौचालय उपयोगविहीन

सिराहा । गोलबजार नगरपालिकाले दुई वर्षअघि खरिद गरेको घुम्ती शौचालय अझै उपयोगविहीन बनेको छ । गोलबजार क्षेत्रमा हुने सेवाग्राहीको भीडभाड र पैदल यात्रुको सुविधालाई दृष्टिगत गरी नगरपालिकाले रु २० लाखको लागतमा खरिद गरेको घुम्ती शौचालय नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण उपयोगविहीन बनेको हो । घुम्ती शौचालय प्रयोगमा नल्याउँदा बजारमा आउने सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । गोलबजारका मुख्य चोक तथा हाटबजार क्षेत्रमा हुने सर्वसाधारणको सुविधालाई मध्यनजर गरी नगरपालिकाले आर्थिक

प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण

काठमाडौँ । प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिए । परीक्षणमा २८ हजार ८१२ जनामा कोरोना सङ्क्रमण देखिएका छन् । पिसिआर परीक्षणमा बिपी कोइराला स्वास्थ्य