मुस्कान खातुन अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुँदै


काठमाडौं। मुस्कान खातुनले प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज ९आइडब्लूओसी० अवार्ड पाउने भएकी छन्। तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको माग गर्दै आएकी उनको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको हो।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिकंनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गर्ने भएको हो। मुस्कानले आफूमाथि परेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउन भूमिका खेलेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *