विप्लव हिँडे काठमाडौं


काठमाडौं। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ काठमाडौं हिडेका छन्। दुई वर्षअघि सरकारले प्रतिबन्ध लगाएसँगै भूमिगत बनेका उनी विशेष सम्बोधनका लागि काठमाडौं हिँडेका हुन्।

बुधबार र बिहीबार सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव नेतृत्वको नेकपाको पक्षबाट प्रकाण्डले वार्ता गरेसँगै विप्लव आज सार्वजनिक हुन लागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव आज एउटै मञ्चमा देखिने भएका छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम उनीहरुहरु आज एकै कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन्।

काठमाडौं पुगेसँगै दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा विप्लवले के सम्बोधन गर्लान् आम रुपमा चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *