युग दर्पण

यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय

काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको

ओलीसँगै देउवा पनि बढारिन सक्छन् स् रामचन्द्र पौडेल

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्। नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए। आफूले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए। संविधान जोगाउनका लागि कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ।

रिमा विश्वकर्मा भन्छिन् , सिंगल हुँदैमा मरिँदैन वरू छुट्टै मज्जा छ

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले सिंगल हुदैमा आफु नमरिने अभिव्यक्त्ति दिएकी छिन् । इन्टाग्राममा एक प्रशंशकले उनको बिहे कहिले भनेर सोधेको प्रश्नको उत्तर दिदै उक्त्त कुरा बताएकी हुन् । उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् ।

कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बिने भयो

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ । कक्षा

रेष्टुरेन्टले तयार पार्यो २४ क्यारेट सुनको बर्गर !

काठमाडौं । एउटा बर्गरको मूल्य कति पर्ला रु सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ । टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो बर्गरको मूल्य २ लाख कोलम्बियन पेसो रहेको छ । यो भनेको झण्डै ५७ अमेरिकी डलर

सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको

राष्ट्रपति कार्यालयले सर्वोच्चमा संसद विघटनको जवाफ आज पेस गर्दै

काठमाडौं । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज पुस १९ गतेसम्मको समयसीमा दिएको थियो। राष्ट्रपति कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हाम्रो संवैधानिक कानुनी परामर्श सबै सकियो, हामी आज जवाफ पेस गर्दैछौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही

दार्चुलामा लागु औषध सहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का १९ वर्षिय नविन सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । धामीलाई प्रहरीको टोलीले महाकाली नगरपालिका वडा नम्बर ४ को बांगाबगड महाकाली करीडोर नजिकबाट लागु औषध सहित पक्राउ गरेको उहाले बताउनुभयो । भारतको धारचुलाबाट महाकाली नदि तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साहको गाडी

काठमाडौं । सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री सवार गाडी भागेको छ । शहरी विकासमन्त्री प्रभु साह सवार ना।१ झ ३८४२ नम्बरको भण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् । लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डीएसपी) मदन कुँवरले बताए । कुँवरले भने–‘मन्त्रीज्यू रौतहटबाट महोत्तरी तर्फ जाँदै हुनुहुन्थ्यो, त्यता जाँदै गर्दा दुर्घटना भएछ, घाइतेको स्वाभिमान अस्पतालमा

हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै राप्रपा सडकमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म