विद्युतीय माध्यमबाट घर नक्सा पास
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको शुरुआत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकारसम्मेलन गरी आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा शुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यो सेवाअन्तर्गत भवन निर्माण अनुमति