युग दर्पण

जंगली च्याउ खाँदा ४ जना बिरामी

काठमाडौँ । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ । आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर

कोरोनाका कारण विश्वभरि आठ लाख जनाको मृत्यु

काठमाडौँ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४,

विश्वकै सबैभन्दा बढी उमेर बाच्ने व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा बढी उमेर बाच्ने व्यक्ति फ्रेडी ब्लेम दक्षिण अफ्रिकाका वृद्ध हुन्। उनको १ सय १६ वर्षको उमेरमा निधन भएको हो। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखिन्छ। तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन्। फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो। उनी २

अस्पतालबाट भागे दुई कोरोना संक्रमित

काठमाडौँ । वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन्। राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ। उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

जन्मदिनमा दीपाश्रीको भने,‘अबदेखि गल्ती दोहोर्‍याउदिनँ’ बोल्दा विचार पुर्याउछु

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको आजबाट ४६ वर्ष लागिन्। निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो बनाएर पोस्ट गरिन्। दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है’ भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन

घट्यो सुनको मूल्य, आजको भाउ कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रू ४ सय ले गिरावट आएको छ। महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ४ सय तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रू ९८ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला रू ९८

विकेट लिए पनि सन्दीपको टोली पराजित

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो । आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गर्नुभयो । उहाँले ३० रन

‘घरमै बसेर तीज मनाऔं

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ प्रतिकार्यमुखी तीज मनाउन आग्रह गर्नुभएको छ । हिन्दू धर्मावलम्बी महिलाको विशेष पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्दै उहाँले ‘कोभिड–१९’ को सङ्क्रमणमा तीज पर्व मनाउन भीड नगरी यसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि घरमै बसेर सामाजिक, धार्मिक तथा साँस्कृतिक सद्भाव साटासाट गर्न सुझाउनुभएको छ । आज जारी विज्ञप्तिमा उहाँले भन्नुभएको

दुईदशक पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढ्यो

महेन्द्रनगर । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । यसपछि झण्डै दुई दशक भन्दा बढी समय पछि बल्ल औद्योगिक क्षेत्रको काम अघि बढेको हो । कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरलेका अनुसार उनीहरुको ट्राभलिङ हिस्ट्री छैन ।