‘बेसारको मजाक उडाउनुभन्दा यसको महत्त्व बुझौँ’
काठमाडौँ । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा










