युग दर्पण

भारत-चीनबीच हिंस्रक भिडन्त, २० भारतीय सैनिकको मृत्यु

काठमाडौँ । भारत र चीनबीचको बढ्दो तनाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिंस्रक भीडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ । यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको समाचार आएको थियो । तर न्यूज एजेन्सी एएनआईका अनुसार घटनामा २० जना भारतीय सैनिकको ज्यान गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ । सन् १९७५ पछि पहिलोपटक भारत चीनबीच सीमामा

सूर्या लाइफले गर्याे आफ्ना सबै कर्मचारीको काेरोना बीमा

काठमाडौँ । सूर्या लाइफ ईन्स्याेरेन्स कम्पनीले अाफ्ना सम्पूर्ण कर्मचारीहरूकाे काेरोना बीमा गरेको छ । कोरोना महामारीका कारण जनमानसमा फैलिँदै गएकाे त्रासबाट मुक्त भई महामारीको याे समयमा पनि कम्पनीकाे कार्य कुशलतापूर्ण तरिकाले सुचारू राख्न एवं निर्धक्क भई कार्यसम्पादन गर्नका लागि काेरना बीमा गरिएकाे सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बताउनु भयो । “कोरोना संकटको बेला कर्मचारीहरूकाे मनाेबल उच्च राखी केही मात्रामा भएपनि काेरना भाइरसकाे त्रास कम गर्न सकिने कर्मचारीहरूको

‘कोरोनाजन्य मृत्युदर घटाउन सावधानीका यी उपायहरू अपनाउनुहोस्’– जनस्वास्थ्यविद्

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड– १९) का संक्रमित थपिइरहेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थित हुन नसकेको र सरकारले संक्रमित तथा सम्भावित संक्रमितलाई उचित व्यवस्थापन गर्न नसकेकोमा सबैले आलोचना गरिरहेका छन् । यसैबीच कोरोना भाइरसबाट बच्न तथा आत्मविश्वास बढाउन नियमित रचनात्मक सुझाव दिइरहेका जनस्वास्थ्यविद रविन्द्र पाण्डेले क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्न तथा कोरोनाजन्य मृत्युदर घटाउन ध्यान दिनैपर्ने १३ सावधानीका उपाय बताएका छन् । उनले क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा

वि.सं. ९३६ देखि हालसम्म नेपालमा घटेका महत्वपूर्ण घटनाहरू

वि.स. ९३६ देखि हालसम्म नेपालमा घटेका महत्वपूर्ण घटनाहरूलाई यहाँ सूचीकरण गरिएको छ । नेपाल ऐतिहासिक रूपमा प्राचीन र भौगोलिक रूपमा सु–सम्पन्न देश हो । यस क्षेत्रका ठूला देशहरू चीन र भारतको बीचमा रहेको नेपालको इतिहास अन्य देशहरूको भन्दा भिन्न छ । नेपालकै छिमेकी देश भारतमा बिट्रिस साम्राज्यको अधीनमा हुँदा पनि नेपाल अविछिन्न स्वतन्त्र रहनु ऐतिहासिक रूपमा गौरवको कुरा हो । ऋगवेद तथा अथर्ववेदमा समेत उल्लेख रहेको नेपालको महिमा विभिन्न शास्त्र

भाग्य परिवर्तन हुनका लागि छोरी नै जन्मिनु पर्दछ : ज्योतिष

काठमाडौं : स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान गर्भमा आएदेखि नराम्राे तथा

धनगढीमा एनआईसी एसिया बैंकको एटीएम तोडफोड

धनगढी । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटीएम तोडफोड गरिएको छ । प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । तोडफोडको घटना बैैंकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ । धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम बिहीवार राती १२ बजे तोडफोड भएको हो । मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको सिसीटिभिमा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका

शनिबार पनि बैंकहरू खुलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पुर्णकालिन रूपमा खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदाका दिन समेत शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताए । उनका अनुसार

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय: जनस्वास्थ्य विज्ञका सुझाव

केही दिन यता लकडाउन हुँदै गएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको विकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहांहरुले निम्नलिखित अभ्यासलाई आफ्नो जीवनशैली

कोरोना बीमा गरेका दुई जनामा कोरोना पुष्टि, दावी भुक्तानी प्रक्रिया सुरु

काठमाडौँ । कोरोना बीमा गरेका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेको इन्स्योरेन्समार्फत बीमा गरेका कृषि विकास बैंकका काठमाडौं बाहिरको शाखामा कार्यरत कर्मचारी र आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एकजना चिकित्सकमा कोरोना पुष्टि भएको हो । आईएमई जनरल इन्स्योरेन्समार्फत बीमा गरेका बुटवलस्थित एक सामुदायिक अस्पतालका डाक्टरमा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतका अनुसार दाबी भुक्तानीको लागि कम्पनीमा प्रक्रिया अघि बढाइसकिएको छ । बीमक संघले भने नेको

बैंक, बित्तीय संस्था र बीमा कम्पनी बिहान ८ बजेबाट बेलुकी ६ बजेसम्म खुल्ने

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू बिहान ८ बजेबाटै खुल्ने भएका छन्। सरकारले लकडाउन खुकुलो पार्दै यी संस्थाहरु दुई सिफ्टमा चलाएर साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको हो। सरकारी निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने बताए। दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । ‘भौतिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर काम गर्ने ब्यवस्था