अर्थतन्त्र

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं ,सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत रुपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएकी हुन्

सन नेपाल लाइफले आर्थिक वर्ष २०८०।८१ काे लाभांश वितरण नगर्ने

काठमाडौं ,सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।

नेप्से एआई’ एप डाउनलोड गर्ने बित्तिकै २८ लाख चाेरी!

नेप्से एआई नामक एप डाउनलोड गर्ने बित्तिकै एक व्यक्तिको खातामा रहेको २८ लाखभन्दा बढी रकम गाईभ भएको खुलेको छ। मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सामाजिक सञ्जालमा आएका विज्ञापनकै आधार एप डाउनलोड गर्दा बैंक खाताबाट रकम नै गायब भएको भन्दै विज्ञप्ति जारी गरेको छ। एसपी युवराज खड्काका अनुसार एक व्यक्तिले नेप्से एआईबारे फेसबुकमा विज्ञापन देखेका थिए। त्यस नेप्से एआई एपले सेयर बजारको विश्लेषण गर्न बनाइएको भनेर प्रचार गरिएको थियो। ती

अरुण सेक्युरिटिजले सुरु गर्‍यो अत्याधुनिक टीएमएस, अब मोबाइलबाटै मार्जिन कारोबार

काठमाडौँ । धितोपत्र बजारमा ब्रोकर नम्बर ३ का रूपमा परिचित अरुण सेक्युरिटिजले डीजीहबद्वारा निर्माण गरिएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ सञ्चालनमा ल्याएको छ। यो प्रणालीबाट अब लगानीकर्ताले मोबाइल, वेब र डेस्कटप संस्करणमार्फत सजिलै सेयर कारोबार गर्न सक्नेछन्। नयाँ टीएमसीएसमा सेयर बिक्री गरेलगत्तै सो बराबरको रकमले पुनः सेयर खरिद गर्न मिल्ने, तथा रियल टाइममा आफ्नो लेजर ब्यालेन्स र कोल्याटरल विवरण हेर्न मिल्ने व्यवस्था गरिएको छ। लगानीकर्ताले एउटै लगइन प्रयोग गरी

एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाको बैशाख २२ गते बसेको बैठकको निर्णयले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । यता, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् ।

NIPS Life सुदुरपश्चिमले गर्याे तदर्थ समिति गठन

धनगढी , NIPS Life सुदुरपश्चिमले तदर्थ समिति गठन गरेकाे छ। सुदुरपश्चिम भरिका सम्पुर्ण जिवनबिमा कम्पनीका प्रदेश प्रमुख र क्षेत्रिय प्रमुख हरूकाे उपस्थितिमा निप्स लाईफ सुप गठन गरिएकाे हाे अध्यक्ष मा एसियन लाईफका गणेश बहादुर साउद उपाध्यक्षमा शन नेपाल लाईफका लक्ष्मी कान्त जैशी महासचिबमा IME लाईफका सुमन तिमिल्सिना सचिवमा मा नेशनललाईफका नवीन किसाेर भट्ट कोषाध्यक्ष मा सिटिजन लाईफका गंगाराम जोशी सदस्य मा नेपाल लाईफका दिपक भट्ट, LIC Nepal का ललित ऐर

प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिकाे  सभापति एमाले सांसद सूर्यबहादुर थापा

सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी संघकाे  बागमती प्रदेश स्तरीय भेला सम्पन्न

काठमाडौं, सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष श्री रघु नाथ भण्डारी ज्यूको अध्यक्षतामा अाज काठमाडौ काे सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारी ज्यूहरु, कम्पनीका विभागीय प्रुमख ज्यूहरु, व्यवस्थापन तह का कर्मचारी हरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको

आशा लघुवित्त भित्र आन्तरिक द्वन्द्व, कर्मचारीले दिए व्यवस्थापकलाई आन्दोलन गर्ने  चेतावनी

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् । साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको

भ्रामक र तथ्यहीन समाचारप्रति सूर्यज्योति लाइफको ध्यानाकर्षण, निर्धक्क भई सेवासुविधा लिन आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्रामक र आधारहीन समाचारको पछि नलाग्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालै केही सीमित अनलाइन मिडियाद्वारा सुनियोजित तबरले शृंखलाबद्ध गरी फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफप्रति नकरात्मक असर पुर्याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरुको सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समाचारहरुप्रति यस