बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश


काठमाडौं ,सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत रुपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएकी हुन् ।

सर्वोच्च अदालतको आदेशपछि बीमा प्राधिकरणमा पुनः शरद ओझाले नै अध्यक्षको हैसियतमा काम गर्न जानेछन् । उनी सर्वोच्च आदेश पाउने वित्तिकै सिधैं बीमा प्राधिकरणमा पुगेर पदभार सम्हाल्नेछन् ।
ओझाका विरुद्धमा सर्वोच्च अदालतमा यसअघिका दुई मुद्दा बिचाराधिन अवस्थामै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *