देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध

टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध

दार्चुला,नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ । गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर