भारतमा कोरोना सङ्क्रमित एक करोड १२ लाख २९ हजार भन्दा बढी
नयाँदिल्ली, भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ । हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका









