स्थानीय तह

गुल्मी काे गुल्मी  दरबार गाउपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

काठमाडौँ । गुल्मीको गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त

तिंकर र छाङरुको मतपेटिका हेलिकप्टर मार्फत सुन्सेरा ल्याइयो

दार्चुला :  ब्याँस गाउँपालिका–१ तिंकर र छाङरु मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत गाउँपालिकाको केन्द्र सुन्सेरा ल्याइएको छ । आज विहान सुर्खेतबाट आएको सेनाको हेलिकप्टरले ति केन्द्रका मतपेटिका सुन्सेरा ल्याएको ब्याँस गाउँपालिकाका निर्वाचन अधिकृत कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । नेपालको भुमि भएर तिंकर र छाङरु सम्म जाने बाटो नभएका कारण नेपाली सेनाको हेलिकप्टरले मतपेटिका ढुवानी गरेको उहाले बताउनुभयो । (हिजो) वैशाख ३० गते बेलकी ५ बजे मतदान सम्पन्न गरेर तिंकर

अपी हिमाल—१ मा गठबन्धनको प्यानल विजयी

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएको बताइएको छ । लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए । लोथ्याल कांग्रेसकातर्फबाट गठबन्धनका उम्मेदवार हुन् । सदस्यमा खडक सिंह जागरी, विन्दा जागरी, विक्रम सिंह जागरी विजयी भएको बताइएको छ ।

काठमाडौंबाट धनगढी का लागि  उडेकाे जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।

एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

  ओखलढुंगा – नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो । विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए। लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै

अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौं १ बाट संसदको टिकटको लागि सिफारिस भएपनि विरोधका कारण टिकट भने पाएनन् ।          nepalpress.com बाट साभार

धनगढी उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवार हमालकाे चुनाव  चिह्न ‘आँप’

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र

कैलालीको लम्कीचुहामा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार

धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवारलाई अघि सारेको छ। गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको’ प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार रहेका छन्। दलहरुले प्रमुख र उपप्रमुखमा दावी गरेका अन्य व्यक्तिहरुलाई फिर्ता बोलाउने सहमति गरेका छन्। निर्वाचन

माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी खड्का एमालेमा प्रवेश

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रिता खड्का एमाले प्रवेश गरेकी छन्।    बिहीबार अत्तरियामा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी प्रवेश गराएका हुन्।खड्काले १२ गते माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन्। एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन्।साथै गाेदावरी नगरपालिका मा एमाले काे जित निश्चित भएकाे नषर कमिटी अध्यक्ष अानन्द भट्ट ले बताउनु भएकाे छ।

जेठदेखि शनिबार र आइतबार विदा दिने सरकारकाे निर्णय

काठमाडौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनकाअनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ। दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ। इन्धनको