समाज/अपराध

पूर्व मेयर भट्टले दिए नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

दार्चुला : महाकाली नगरपालिकाका पूर्व मेयर हंसराज भट्टले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुभएको छ । मंगलवार जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित हुनुभएका भट्टले महाकाली नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई टिका लगाउदै बधाई दिएका हुन् । ३० वैशाख २०७९ (शुक्रवार) सम्पन्न स्थानीय तहको निर्वाचनबाट महाकाली नगरपालिकाको प्रमुखमा एमालेबाट नरसिंह चैसिर र उपमेयरमा एमालेकै दुर्गा कुमारी विष्ट निर्वाचित हुनुभएको छ । पूर्व मेयर भट्टले असल राजनीतिक संस्कार देखाएको भन्दै धेरैले सामाजिक

डिलासैनी गाउँपालीका ५ मा स्वतन्त्र का यज्ञ भट्ट काे प्यानल बिजयी

बैतडी ।बैतडिकाे डिलासैनी गाउँपालीका वडा नम्बर ५ बाट स्वतन्त्र का अध्यक्षमा यज्ञ भट्ट सहपतको प्यानल विजयी भएको छ उनले ७४० मत प्राप्त गरि बिजयी भएका हुन् उनका प्रतिद्वन्द्वी गठबन्धनका वडा अध्यक्ष दुर्गा नाथ जी ले ३१९ एमालेका वडा अध्यक्ष मान प्रसाद जोशी मयालुले २८० मत प्राप्त गरि पराजित भएका छन!

दार्चुलाका समन्वय  प्रमुख कार्की वडा सदस्य मै पराजित

दार्चुला ।दार्चुलाका समन्वय प्रमुख करबिर बहादुर कार्की अाफ्नै वडा दुहु गाउँ पालिका ३ बाट वडा सदस्य मा पराजित भएका छन ।उहाकाे वडामा नेकपा एमाले काे पुरै प्यानल बिजय भएकाे छ।

एमालेकाे विजय जुलुसमा प्रयाेग भएकाे गाडी दुर्घटना ,३ जनाकाे मृत्यु

दार्चुला  । शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्। नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल

एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

  ओखलढुंगा – नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो । विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए। लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै

अभिनेता भुवन केसी र र श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौं १ बाट संसदको टिकटको लागि सिफारिस भएपनि विरोधका कारण टिकट भने पाएनन् ।          nepalpress.com बाट साभार

धनगढी उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवार हमालकाे चुनाव  चिह्न ‘आँप’

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र

बझाङको केदारस्यु गाउपालिकामा भण्डारीले  दिए स्वतन्त्र उम्मेद्बारी

धनगढी ।बझाङको केदारस्यु गाउपालिकामा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पुर्व क्षेत्रीय सभापति गणेश बहादुर भण्डारीले गठबन्धन अस्विकार गर्दै स्वतन्त्र उम्मेद्बारी दियकाछन! लामाे समय सम्म काग्रेस मा सकृय भण्डारी ले अाफ्नाे त्याग र निष्ठा लाई गठबन्धनका नाममा नेतृत्वले बेवास्था गरेकाे भन्दै गाउपालिका अध्यक्ष मा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउनु भयाे। उहाँ द्वन्द्व कालमा बिस्थापीत भई  बर्षै देखि काठमाडौंमा  बस्दै अाउनु भएकाे थियाे । उनी काग्रेसका ईमान्दार नेताका रूपमा चिनिन्छन।

महाकाली नगरपालिकाका मेयर भट्टद्धारा राजिनामा, पुनः मेयरमा लड्ने

दार्चुला :   महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पदबाट राजिनामा दिएका छन् । उनले आइतवार पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख सुना बोहरा समक्ष राजिनामा बुझाएका हुन् । भट्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा  नेपाली काँग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर भट्टले राजिनामा दिनुभएको हो ।राजिनामा बुझाउँदै उहाँले पुनः महाकाली नगरपालिका प्रमु्खको उम्मेदवार रहेकाले सम्पूर्ण मतदातालाई नगरको विकासको निरन्तरताका लागि

एमालेबाट काठमाडौंका मेयरमा केशव स्थापित, उपमेयर सुनिता डंगोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनी पूर्व मिस नेवा हुन्।