समाज/अपराध

घुस मागेकाे आरोप लागेका कैलालीको गोदावरीका  कृषि अधिकृतले दिए राजिनामा

धनगढी ,सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका छन्। नगरपालिकाको कृषि शाखाका अधिकृत उनलाई कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणको जवाफ दिनुको साटो भट्टले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले बताए। नगरपालिकामा विभिन्न कृषक समूहहरुलाई दिएको अनुदानबाट भट्टले कमिशन माग्ने गरेको आरोप लगाईएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय

ठकुरीकी छोरी हुँ,दलीतले छोएको खान्न भनेकी छैन, बदनाम गर्न खोजियोः उपप्रमुख चन्द

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशीला चन्दले आफुले जातीय विभेद गर्ने किसिमले  अभिव्यक्ति नदिएको  बताएकी छिन् । आज एक विज्ञप्ती  जारी गरेर  उनले म  ठकुरीकी छोरी हुँ दलीतले छोएको खान्न भन्ने  खालको अभिव्यक्ति आफुले नदिएको बताएकी हुन् । जेठ २१ गते  अयोजित कार्यक्रममा मैले  कुनै  खालको जातीय भेदभाव गर्ने किसिमले अभिव्यक्ति नदिएको  प्रष्ट पारेकी छिन् । सार्वजनिक पदधारण गरेकी म जिम्मेवार उपप्रमुख भएको नाताले यस्तो प्रकृतिको अभिव्यक्तिको परिकल्पना समेत गर्न

विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी

अत्तरियाका ब्यापारी हरुले निकाले  गोलि कान्डको बिरोधमा र्याली

अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन । ३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा

रविविरुद्ध सर्वोच्चमा रिट दायर, सांसद पद खारेजीको माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो।सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् ।लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्। सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए। अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्। खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले नेपालखबरलाई बताए। प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो। त्यसपछि उनी बसेको होटलको कोठामा

२ किलो चरेस सहित एमाले वडा कमिटी अध्यक्ष पक्राउ

दार्चुला । चरेस सहित नेकपा एमाले अपिहिमाल गाउँपालिका–५ का निर्वतमान वडा कमिटि अध्यक्ष दान सिंह धामी पक्राउ परेका छन् । शुक्रबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले खलंगामा सम्बोधन गर्ने कार्यक्रममा सहभागि हुन बिहीवार सदरमुकाम आउदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लटिनाथले पक्राउ गरेको हो । उनी संग अन्दाजी २ किलोग्राम चरेस रहेको प्रहरी स्रोतले जनाएको छ । आज दिउसो मार्मा गाउँपालिकाको सेल्बिसाबाट गोकुलेश्वर तर्फ आइरहेको से १ ज ६१८ नम्बरको

दुहुँ र व्यास गाउँपालिकाको ६० प्रतिशत जनमत स्वतन्त्रको पक्षमा आउने स्वतन्त्र उम्मेदवार धामी को दावी

धनगढी ,दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र नं। १ का स्वतन्त्र उम्मेदवार नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शंकरसिह धामीको प्रचारप्रसार अभियानको टोली आइतबार जिल्ला सदरमुकाम खलंगा फर्किएको छ । गत असोज २९ गते देखि कात्तिक ५ गते सम्म जिल्लाको व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर भेटघाट संगै घरदैलो गरेर आइतबार टोली जिल्ल फर्कियोएको हो । स्वतन्त्र उम्मेदवार धामीको टोलीले भेटघाट संगै घरदैलोगरी आफनो पक्षमा मतदान गर्न मतदाताहरु संग अपिल

व्यास गा .पा .का एमाले बाट निर्वाचित कार्यपालिका सदस्य सहित ११ जना जुवाडे ४ लाख नगद सहित पक्राउ

धनगढी  । दार्चुलामा चार लाख दुई हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । आज असोज १७ गते महाकाली नगरपालिका वडा नम्बर ४ तिन्करखेडा स्थित प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख