प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ
काठमाडौँ । भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडिओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई