नेकपाको सत्ता उन्माद पर्सामा देखियोः कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको सपथग्रहण कार्यकर्ताहरूबीच झडप हुँदा भएको एकजनाको मृत्युको जाहेरी प्रहरीले नबुझेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ुनेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँछौुं, उनले भनेका छन्। नेकपाका स्थानीय दुई समूहबीच पर्सामा बिहीबार झडप