समाज/अपराध

जर्बजस्ती करणीको अभियोगमा ६ जना कारागार चलान

धनगढी । कैलालीमा दुई किशोरीमाथि जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले अर्घाखाँचीका जानकी गाउँपालिका–५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत कात्तिक ८ गते जानकी गाउँपालिका–५ स्थित १३ र १४ वर्षीया दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेको उनीहरुविरुद्ध प्रहरीले जिल्ला अदालत

४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च !

८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश

सर्वोच्चले स्वास्थ्यमन्त्रीलाई सोध्यो, अदालतको अवहेलनामा तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै सोधेको छ। कोरोना संक्रमणको परीक्षण र उपचार निस्शुल्क गर्ने आफ्नो परमादेश कार्यान्वयन नगरेको कसुरमा स्वास्थ्यमन्त्री अदालतको अवहेलनामा कारण देखाउ आदेश जारी गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ। कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले असोज १५ गते दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरूद्ध

एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौँ । प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआइबी० ले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन्

सामाजिक अभियन्ता भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई ६० हजार बढीका न्यानो कपडा वितरण

धनगढीका सामाजिक अभियन्ता मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् । छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गरेका हुन् । मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरिएका हुन् । छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेको बताए ।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

काठमाडौँ । भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई

हत्या अभियोगमा चार जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

झापा । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो । प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले

नेपालमा कोरोनामुक्त हुने ७४ प्रतिशत नाघे

काठमाडौँ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन

५७० संक्रमित थपिँदा ३१ सय ६८ निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७० सय जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८७६ पुगेको छ।