समाचार

सुब्बामा जागिर खुल्यो, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना पदपूर्ति हुने

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा ९नासु० पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु ९अप्राविधिक० पदमा विज्ञापन प्रकाशित गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८

नेशनल लाईफ ईन्स्योरेन्स द्वारा१४ लाखको मृत्यु बिमा दाबि भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले भिमदत्तनगरपालिका १५ सत्यआदर्ष टोल बस्ने सुनिता देबि दमाई लाई रु १४ लाखको चेक घरमै गएर हस्तान्तरण गरिएको छ। बिदेशमा रोजगारिकै शिलशिलामा उहाको २०७७ मंसिरमा हृदयघातका कारणबाट मृत्यु भएको थियो। बिमित को मृत्यु पश्चात् परविारका ईच्चाएका ब्यक्ति उहाको पत्नि सुनिता देबि दमाई लाई भिमदत्त नगरपालिका १५ का वडा अध्यक्ष श्री भिम बहादुर साहु र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिनकिशोर भट्टले चेक

आदर्श शिक्षक सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न

धनगढी। नेपाल शिक्षक संघमा आबद्ध कैलाली जिल्लाका शिक्षकहरू द्वारा २०६९ सालमा स्थापित आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ७औं साधरण सभा सम्म्पन्न भएको छ। समारोहका प्रमुख अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समिती उपाध्य्क्ष लक्ष्मण दत्त भट्टले साधारण सभाको समुद्घाटन गरे। साधरण सभामा सचिब पदमराज जोशीले नीति र योजना प्रतिवेदन पेश गरे। त्यस्तै आय व्यय कोषाध्यक्ष लोकराज पाण्डेयले प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संघिय

प्रधानमन्त्री ओलीले धनगढीमा सम्बोधनका क्रममा के-के भन्नुभयो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ । नेकपा सुदूरपश्चिम स्तरीय वृहत आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् । ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए ।

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन् । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी

एनसेलसँग रु ६० अर्ब कर असुल्ने तयारीमा सरकार

दूरसञ्चार सेवा प्रदायक एनसेललाई ठूला करदाता कार्यालयले स्वामित्व परिवर्तनबापत रु। ६० अर्ब प्रारम्भिक कर निर्धारण गरेको छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा करदाता कार्यालयले यो परिमाणमा एनसेलमाथि कर लगाउने निर्णय गरेको हो ।  पाँच वर्षअघि २०७२ सालमा एनसेलको स्वामित्व टेलियासोनेराबाट मलेसियन कम्पनी आजियटामा सरेको थियो। यसरी स्वामित्व परिवर्तन हुँदा सरकारले पुँजीगत लाभकर लगाएसके पनि आयकर ऐनको दफा ५७ बमोजिम नियन्त्रणमा परिवर्तनबापत करीब रु। ६० अर्ब कर प्रारम्भिक कर

यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय

काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको

ओलीसँगै देउवा पनि बढारिन सक्छन् स् रामचन्द्र पौडेल

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्। नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए। आफूले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए। संविधान जोगाउनका लागि कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ।

रिमा विश्वकर्मा भन्छिन् , सिंगल हुँदैमा मरिँदैन वरू छुट्टै मज्जा छ

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले सिंगल हुदैमा आफु नमरिने अभिव्यक्त्ति दिएकी छिन् । इन्टाग्राममा एक प्रशंशकले उनको बिहे कहिले भनेर सोधेको प्रश्नको उत्तर दिदै उक्त्त कुरा बताएकी हुन् । उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् ।