किशोरीलाई आत्मरक्षा तालीम
धनगढी, पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताउनुभयो । आत्मरक्षा










