काठमाडौँ, प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत उनलाई आइतबार नियन्त्रणमा लिएको हो।
श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिस जोशीलाई समेत अख्तियारले पक्राउ गरेको छ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

