समाचार

एमाले र माओवादी केन्द्र फरक दलका रुपमा बुझ्न निर्वाचन आयोगबाट स्पष्ट

काठमाडौँ, निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता

निःशुल्क एम्बुलेन्स सेवा

वीरगञ्ज, बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले राससलाई बताउनुभयो । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठक भोलि ११ बजे बस्ने गरी सकिएको हो। बैठकमा नेकपा (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निष्कर्श निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सवारी दुर्घटनामा मृत्यु

झापा, झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा सोही

बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?

प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई

ने.क.पा. को बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मंगलबार साँझ ४ बजेका लागि सरकारले मन्त्रिपरिषद् बैठक आह्वान गरेको छ । । सर्वोच्च अदालतले नेकपा नाममाथिको विवादको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दा पूर्व एमाले र माओवादी केन्द्र ब्यूँतिएपश्चात पहिलोपटक सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको हो।

प्रचण्डमाथि विप्लवको प्रश्न : लडाकु शिविरको १९ अर्ब खोई ?

काठमाडौँ, केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन्। उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन्। प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ । “गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी

२३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काउनुभयो, बढाउनुभयो र पढाउनुभयो । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् । श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३