समाचार

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

काठमाडौँ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश का पदाधिकारीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराएकी हुन्। समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता,

नयाँ सरकार बनाउन दाहालको दौडधुप

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो। प्रतिपक्ष दलहरूको समर्थन जुटाएर दाहालकै नेतृत्वमा सरकार निर्माणका लागि उनले दौडधुप सुरू

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताउनुभएको छ । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताउनुभयो । प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन

ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्ष

काठमाडौँ । अदालतले पार्टी ब्युँताइदिएपछि पनि एक हुन नसकेका नेकपा एमालेका ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्षमा पुगेका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सोमबार निष्काशन गरेपछि माधव समूह ओलीसँग रुष्ट बनेका छन्। केही दिन अघि ओलीले वरिष्ठ नेता नेपाल, रावल, नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई लिखित स्पष्टीकरण मागेका थिए। गत बिहीवार स्पष्टीकरण बुझाएका नेता नेपाल र रावलले उल्टो केपी

प्रचण्डले नै पार्टी एकता नचाहेका हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले भंग गर्न पार्टीमा एकता नै बाँकी नरहेको बताएका छन्। मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहालले पार्टी एकता गर्न नचाहेको बताएका हुन्। उनले सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि दाहालले चासो नदिएको बताए। उनले भने, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतलेरु पार्टीबाट अध्यक्षलाई

ठेकेदार–मजदुर सहमतिपछि सडक विस्तारको काम पुनः शुरु

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरले काम ठप्प पारेका थिए । बुटवल– नारायणगढ सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले

निर्वाचनमा जाँदा लोकतन्त्रमा कुनै खतरा नरहेको : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गरे। उनले भने, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २०

धनगढीको सेती प्रादेशिक अस्पतालमा नमूना परिक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

कैलालीः धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ। सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए।