यूनियन लाइफका सिइओ कर्णको कार्यकाल ४ वर्ष थपियो


काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । कार्यकाल सकिनु भन्दा एक महिना अगाडि नै सञ्चालक समितिले अर्को कार्यकाल थप गर्ने निर्णय गरेको हो । बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेका कर्णले एमबिए गरेका छन् । बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका धनी कर्ण युनियन लाइफको सञ्चालन पुर्व नै सिइओमा नियुक्त भएका थिए ।

युनिनय लाइफले २०७४ असोज ४ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कर्णलाई कम्पनीको सञ्चालक समितिले २०७४ साउनमै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । जीवन बीमा व्यवसाय शुभारम्भ गरेको दुई वर्षमै केहि पुराना जीवन बीमा कम्पनीलाई उछिन्न सफल भएको युनियनले आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ ।

नयाँ सञ्चालनमा आएका १० जीवन बीमा कम्पनी मध्ये युनियन लाइफको बजार हिस्सा २६।८४ प्रतिशत छ । कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डले अनुमति दिने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्नेछ । कर्णको थप कार्यकाल ४ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *