महाकाली नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित
दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित हुनु भएको छ । एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिरले कुल खसेको ९ हजार ८०२ मत मध्ये ५१ दशमलव १४ प्रतिशत अर्थात ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कोमल प्रसाद आचार्यले घोषणा गर्नु भएको छ । एमालेका उम्मेदवार चैसिर १ हजार