विशेष

स्थानीय पाठ्यक्रममा शिक्षकको अनुभव (अध्ययन-पत्र)

केन्द्रीकृत पाठ्यक्रमले समावेश गर्न नसकेका विषयवस्तुलाई स्थानीय आवश्यकता पाठ्यक्रममा समावेश गरी निर्माण गरिएको पाठ्यपुस्तक नै स्थानीय पाठ्यक्रम

राप्रपा केन्द्रीय समिति विस्तारप्रति नेता लेखकको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हेमबाबु लेखकले पार्टीको केन्द्रीय समिति बिस्तारबारे आपत्ति जनाएका छन् । महाधिवेशनले निर्दिष्ट गरेको केन्द्रीय समिति संख्यालाई पुनः एकीकरणका नाममा ७२७ सदस्यीय बनाइएकोमा उनले आपत्ति जनाएका छन् । राप्रपा र राप्रपा संयुक्त एकीकरण पश्चात् बन्न लागेको केन्द्रीय समितिको सदस्य मनोनित भएको २४ घण्टा नबित्दै नेता लेखकले उक्त आपत्ति जनाएका हुन् । मनोनयन पत्र नबुझ्दै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आपत्ति रहेको आशय

कोरोना कालमा सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय छः पूर्वप्रधानमन्त्री भट्टराई

पर्सा , पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पुर्याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गर्नुभयो । पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६।४ मेघाहर्ज र साझा डेली डडकमको

सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा)को अध्यक्षमा ओझा

धनगढी । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) को तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को छाता संगठनको रूपमा साडा गठन गरिएको हो । नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो । नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चपाइ,

अब सबै सिटमा यात्रु चढाउन पाइने, भाडा पनि पुरानै कायम

काठमाडौँ । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर

नेपाली बनेर भारतीयले गरे दुई अर्ब ३९ करोडको राजश्व छली

काठमाडौँ । एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् । उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाइँदै

एजेन्सी । बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दवाव आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुन मन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिनुभयो । उहाँले अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु दण्डसम्मको व्यवस्था गरिएको बताउदै सवैलाई त्यस्तो सजाय हुने अनिवार्य भने नगरिएको स्पष्ट पार्नुभयो ।

यस वर्षको अर्थशास्त्रतर्फको नाेबेल दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौँ। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो । उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको

कोरोनाबाट एकैदिन थप ९ जनाको मृत्यु, ४ हजारभन्दा धेरै संक्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ रहेको जनाएको छ । सोमवार एक सूचना जारी गर्दै मन्त्रालयले २ महिला र ७ जना पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा सुनसरीका तीन पुरुष, काठमाडौँकी १ महिलासहित २ पुरुष, ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका एक पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको

अब काठमाडौँका सबै सरकारी अस्पताल कोरोना अस्पताल

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।