राजनीति

गठबन्धनमा सहमती : धनगढीको मेयरमा काँग्रेस उपमेयरमा माओबादीले उम्मेदवारी दिने

धनगढी । पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलाएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ। ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा ९एकीकृत समाजवादी० ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र

एमालेले गर्‍यो मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीलाई सिफारिस

डडेलधुरा ।आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो। मेयर पदमा हालका मेयर विश्वेश्वरप्रसाद ओझा (विपीन) जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस भएको छ। यस्तै जिल्लाका

दार्चुला काङ्ग्रेसका युवा नेता हंशराज भट्ट पुन: मेयर पदका लागि सर्वसम्मत चयन

धनगढी  । यही वैशाख ३० को स्थानीय निकायको चुनावको लागि दार्चुला जिल्लाको महाकाली नगरपालिकाको मेयर पदका लागि नेपाली काग्रेसबाट बहालवाला नगर प्रमुख हंश राज भट्ट  चयन भएका छन् । नेपाली कांग्रेसले महाकाली नगरपालिकाको मेयर पदमा भट्टलाई पून: सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । आफ्नो मेयरको पाँच वर्षे कार्यकालमा कुनै पनि विवादमा नमुछिएका मेयर भट्टलाई कांग्रेसले लोकप्रियताका आधारमा चयन गरेको हो । जिल्लाका अन्य स्थानीय निकायका प्रमुखहरु कुनै नै कुनै

जसपाका सुदूरपश्चिम अध्यक्ष पुन माओवादी केन्द्रमै फर्किए

धनगढी  । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नै जसपा छाडेको घोषणा गरेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने प्रचण्डले बताए । विप्लवतिर गएका केन्द्रीय नेताहरु पनि आउने भन्दै उनले भने, ‘कैलालीमा त २०६४ को नजिक पुग्छ भन्नेमा विश्वस्त छु ।’ ०४७ देखि नेकपा एमालेको

बैतडीका युवा नेता सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो । आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि

दार्चुलाको मकाली नगरपालिकाले बेरोजगार युवालाई विना ब्याज रु १० लाख ऋण उपलब्ध गराउने

दार्चुला‐असार १० गते : रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशबाट कोरोना संक्रमणको त्रासका कारण थात थलो (घर) फर्किएका र बेरोजगार युवाहरुलाई विना ब्याँज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले आज अगामी वर्षका लागी निति तथा कार्यक्रम ल्याएको छ । बेरोजगार युवाहरुलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरुको सहकार्यमा उक्त ऋण रकम विना ब्याज उपलब्ध गराउने गरी अगामी आर्थिक

सम्मानजनक अस्तित्व स्थापितका लागि गठबन्धन हुन्छ : सुदूरपश्चिम इन्चार्ज भट्ट

दार्चुला । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरी चुनावमा गठबन्धन हुने बताएका छन्। शनिबार प्रेस सेन्टर नेपालद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए। केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उनले बताए। साथै उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे

बेदकाेट का मेयर चन्दसहित अधिकांस जनप्रतिनिधि समाजवादीमा समाहित हुँदै, नेपालले स्वागत

महेन्द्रनगर । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित अधिकांस नेता, कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् । भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुने तयारी गरेपछि एमाले कञ्चनपुरमा खैलाबैला मच्चिएको छ । वडा

झण्डा सहित अभिवादन टक्राउँने प्राध्यापकलाई कारर्बाही गर्न नेविसंघले बुझायाे ज्ञापनपत्र

महेन्द्रनगर । विश्वविद्यालयका प्राध्यापकहरुले नेकपा एमालेको झण्डा सहित अभिवादन टक्राउदै गरेको सामुहिक तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि सुदूर पश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले केन्द्रीय क्याम्पस र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कारर्बाहीका लागि ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका पूर्व उपाध्यक्ष बिक्रम बुढा सहितको समुहले सुदूरपश्चिम विश्वविद्यालयमा राजनीतिमा लिप्त प्राध्यापकहरुलाई कारर्बाही गर्न माग राख्दै केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्द र सिडिओ राम प्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएका हुन्

एमाले काम नगर्ने गफ ठुला गर्ने  पार्टीः विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गरेका हुन् ।महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठूलो(ठूलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाई छ । उनले आगामी