फिचर समाचार

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम, सबैले जानिराखौँ ?

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन्। कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ। सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोल्ने निर्णय गरेपछि यातायात व्यवस्था विभागले तयार पारेको कोभिड(१९ प्रकोपभर लागु हुने सार्वजनिक यातायात सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ, जसमा गर्न हुने तथा नहुने विषयहरू उल्लेखित छन्। यात्रुले के गर्न हुने, के नहुने ? सकेसम्म सार्वजनिक

कुलमानको समर्थनमा प्रदर्शन: बब्लुलाई निर्घात कुट्ने प्रहरी अधिकृतमाथि छानविन शुरु

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि निर्घात कुटपिट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ । कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रोकेर प्रहरीले बब्बुलाई आमानवीय तरिकाले कुटेका हुन् । बिहीबार बब्लुलाई कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले

चल्न थाले लामो दूरीका गाडी

काठमाडौँ । लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि हिजो बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ । बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । हिजो विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक

जयनगर आईपुग्यो नेपालको रेल, जनकपुर आईपुग्ने केही घण्टा लाग्ने...

जनकपुरधाम । नेपालीहरुको लागि बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ९नेपाल रेल्वे० अहिले नेपाल भारतको सीमामै रहेको जयनगर स्टेशन आईपुगेको छ । भोली शुक्रबार जनकपुर आउने भएको छ । बर्षौदेखि प्रतिक्षारत नेपाल रेल्वे भोली शुक्रबार मध्यान्हसम्म विधिवत रुपमा जनकपुर आउने भएको छ । केही बेर अगाडी मात्र जनकपुरदेखि करिब २८ किलोमिटरको दुरीमा रहेको जयनगर आईपुगेको छ भने भोली मध्यान्ह १२ बजेभित्रै जनकपुरसम्म आउने योजना रहेको जनाईएको छ । धनुषाको पूर्वी भेक सहित भारतसँगको

राष्ट्रियसभाको गरिमा बढाउनेछु:   बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने

कोरोनालाई राजनीतिक खेल नबनाइयोस्: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस लाई राजनीतिक खेल नबनाउन सबैलाई आग्रह गरेको छ । डब्ल्यूएचओका इमर्जेसिजका प्रमुख माइक रयानले सबै मुलुकलाई आफ्ना नागरिकहरुमा सही सन्देश दिन आग्रह गरेका हुन् । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अधिकारीको बीचमा देखिएको विवादले थप समस्या सृजना गर्न सक्ने रयानको भनाइ छ । यसअघि ट्रम्पले अबको केही सातामा नै कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने

कुलमानलाई देशनिकाला गरौं

काठमाडौँ । एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो ” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन । म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।” अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता

पछिल्लो २४ घण्टामा १२४६ जनामा देखियो कोरोना, कुन ठाउँमा कति ?

काठमाडौं । अद्यावधिक विवरण अनुसार बिहिबार नेपालमा अहिलेसम्मकै धेरै १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। जागेश्वर गौतमले बताए । बुधबार मात्रै देशभर अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको

व्यक्तिगत आवधिक कर्जामा ब्याजदर बारे राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो। आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा

कोरोना बीमा गर्नेलाइ खुशीको खबर, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा हालसम्म दुई वटा रिट दर्ता भएको पाइएको छ । सर्वोच्च अदालतबाट आज प्राप्त आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिमि अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि असोज ८ गते पेशी तोकिएको आदेशमा जनाइएको छ । कोरोना बीमाबारे सर्वोच्च अदालतमा अर्को रिट समेत दर्ता भएको पाइएको छ । रिट