कञ्चनपुरमा विभिन्न पार्टीका दुई सय बढी कार्यकर्ताहरु गरे कांग्रेस प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् । महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । कांग्रेस प्रवेश गर्नेमा महाकाली