सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् । कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा

कैलालीमा जेठ ३१ गते सम्म लम्बियो निषेधाज्ञा

कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । आइतबार मङ्गलवार बिहीबार शनिवार मात्र बिहान ६ देखि १० बजेसम्म खाद्यान्न तरकारी डेरी मासु पसल खोल्न पाउने व्यवस्था मिलाइएको उनले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सिफारिसमा प्रशासन कार्यालयले निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। यसअघि

सुदूरपश्चिम सरकार पुनर्गठन, दार्चुलाका धामी वन मन्त्री

दार्चुला – सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । पुर्नगठनसँगै दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामीले उद्योग वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी चयन भएका छन् । त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर

एमालेले लियो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।  

धनगढीको संगम सहकारी संस्थाले मेयर कल्याणकारी कोषलाई गर्यो ७५ हजार सहयोग

धनगढी: धनगढी उप महानगरपालिका र चौधरी फाउण्डेसनको साझेदारिमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढी स्थित संगम सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ । आइतबार संस्थाका अध्यक्ष नरेश बिष्ट र प्रबन्धक मनमोहन बिष्टले संयुक्त रुपमा उप महानगरपालिकाका मेयर नृप बहादूर वडलाई संस्थाका तर्फबाट ७५ हजार को चेक उपलब्ध गरेका हुन् । कोभिड १९ को महामारीले सबैलाई संकट परेका बेला धनगढी उप महानगरपालिकाले अक्सिजन अभावमा

महाकाली नदीमा फसेका १० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापुमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्री दल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापुमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग ९६ लेनको सडक०

नेपाली काँग्रेस नेतृत्व बिकास टिमले गर्यो ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

सकारत्मक परिवर्तनका लागी नेतृत्व भन्ने मुल नाराका साथ नेतृत्व बिकास समिति केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोभिड महामारीमा सातै प्रदेशका राजधानी हरुमा सकृय रहेका ट्राफिक प्रहरी हरुका लागी फेस सिल्ड, सेनिटाइजर र माक्स बितरण गरेको छ । प्रतिष्ठानका संयोजक उषा मल्ल को नेतृत्वको टिमले सो सामाग्री बितरण गरेको हो ।प्रदेश नं. १ मा शेवक बजगाई को प्रतिनिधित्वमा मोरङ मा प्रदेश नं. २ मा सुजित यादब को प्रतिनिधित्वमा धनुषा मा प्रदेश

कैलालीमा एकैदिन थपिए ४३३ संक्रमित, ८ जनाको मृत्यु

धनगढी । कैलालीमा एकैदिन अहिले सम्मकै उच्च थप चार सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परीक्षण गर्दा थप पाँच सय ३४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मध्ये कैलालीका मात्र चार सय ३३ जना रहेको श्रेष्ठले बताए । धनगढी उपमहानगरपालिकाका २५ र चार सय ८ जना अन्य विभिन्न

धनगढी को पशुपन्छी अन्वेशण प्रयोगशाला बाट पनि कोरोना परीक्षण गरिने

धनगढी । कोरोना परीक्षण अब धनगढीको पशुपन्छी अन्वेशण प्रयोगशालाबाट पनि हुने भएको छ। संघीय सरकारले पठाएको आरटीपीसीआर मशिनबाट पनि कोरोना परीक्षण गरिने अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रप्रसाद बोहराले जानकारी दिए । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म अन्वेषण प्रयोगशालामा परीक्षण हुने उनले बताए। सेती प्रादेशिक अस्पतालको अनुरोध बमोजिम कोरोना परीक्षण गरिन लागेको बताइएको छ। उक्त आरटीपीसीआर मेसिनबाट

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन हाहाकार

धनगढी । सुदूरपश्चिममा पछिल्लो दुई सातायता कोरोना संक्रमणमा कारण १५ जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन÷चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ । सुदूरपश्चिममा अहिले दैनिक १५० वटा मात्रै अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ । त्यो पनि कतिपय