सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा


सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउनु भएको हो । पदबाट राजीनामा दिनुहुँदै एमाले संसदीय दलका नेतासमेत रहनु भएका शाहले लोकतन्त्र बलियो बनाउनका लागि पार्टी रोज्दै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।
दल विभाजनपछि दुवै जना नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मै रहनु भएको छ । सो पार्टी परित्याग गरेर १४ जना प्रदेश सभा सदस्यहरुले नवगठित नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० रोजेपछि सुदूरपश्चिम प्रदेश सभामा एमाले चौथो दलमा झरेको छ । एमालेबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यको सङ्ख्या सभामुखसहित ११ रहेको छ ।
नेकपा एमालेले यसअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *