अर्थतन्त्र

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा, परासी क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं, ३ पुस २०७९ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही

सूर्या लाइफ र ज्योति लाइफलाई मर्जरका लागि  बीमा प्राधिकरणले दियाे अन्तिम  स्वीकृति एकीकृत कारोबार पुस ७ गतेबाट हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर पछि आगामी पुस ७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । एकिकृत कारोबारका लागि आवस्यक आन्तरिक तयारी भइरहेको छ । पुस सात गते बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा कारोबार हुनेछ । दुबै कम्पनीले कार्तिक २८ गते मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट अनुमोद गरेका थिए । शेयरधनीहरुले मर्जरको प्रस्ताव अनुमोदन

बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण तथा बीमा सम्बन्धी बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतित्थ्यता कृष्णपुर नगरपालिकाका

सात कम्पनीले पाए लघुबीमाको लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार

सुर्या लाईफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न

धनगढी ।सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको अत्तरिया स्थित ग्रिन गाेदावरी रिसेार्ट मा सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए । प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी

नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया खुल्याे 

धनगढी ।नागरिक लगानी कोषको शाखा सुदूरपश्चिम काे अत्तरिया मा संचालनमा अाएकाे छ। उक्त कोष २०७९ जेष्ठ २८ गते देखि कार्यलय स्थापना संगै सेवा संचालनमा आएको कोषका प्रमुख जीवन राज जोशीले जानकारी दिएका छन ।सेवा संचालन भए सङै ७ नम्बर प्रदेशका सम्पुर्ण सेवा ग्राहीलाई लाभ हुने भएको छ । उक्त कोषको कार्यालय सुदुरपस्चिम प्रदेशको राजधानी अत्तरिया स्थित  बनखेतमा छ । उक्त कार्यालय संचालन भए संगै यस प्रदेशका सम्पुर्ण सेवाग्राहीले यतैबाट सेवा

जीवन बिमा क्षेत्रमा सर्वाधिक बोनस दिने कम्पनी बन्याे सूर्यालाइफ , बीमितले अधिकतम ९० रुपैयाँ पाउने

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै तल झर्ने आकलन गरिएको छ । तर कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७६ /७७  भन्दा न्युनतम  बोनसदरलाई पनि बढाउँन सफल भएको हो । कम्पनीको आर्थिक वर्ष २०७७ /२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन

सुर्या लाइफ दार्चुलाको शाखाको  अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न   भएकाे छ ।                                     प्रदेश प्रमुख जगदीश भट्ट को प्रमुख आथित्यतामा तथा शाखा प्रमुख महेन्द्र राज भट्ट को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन भएकाे थियाे । अार्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई   सम्मान गरिएको थियो । 

नेपाल लाईफ बन्याे दाबी भुक्तानी नगर्ने निजी  क्षेत्रको जीवन बीमा कम्पनीमध्ये प्रथम,अरूकाे अवस्था के छ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा दाबी वापतको ६ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा समितिले गरेको स्थलगत अध्ययनका अनुसार आर्थिक वर्ष २०७८।७९ सम्ममा १९ वटा जीवन बीमा कम्पनीले ७० हजार २ सय वटा बीमा दाबीको रकम भुक्तानी गर्न बाँकी रहेको छ । बीमा दाबी वापतको ६ अर्ब ५ करोड ४० लाख ६२ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको समिति सम्वद्ध श्रोतले जानकारी

गरिमा विकास बैंक ‘ गरिमा माइक्रो लाइफ र गरिमा माइक्रो जनरल इन्स्योरेन्स स्थापना गर्ने तयारीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लघुबीमा कम्पनी स्थापना गर्नको लागि संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुलाई लगानी गर्न चाहेको खण्डमा आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ । बैंकले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले गत भदौ १० गते लघुबीमा कम्पनी स्थापना गर्न सम्बन्धी लाइसेन्स वितरण गर्ने सूचना जारी गरेकोमा सोही अनुरुप संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहलमा ‘गरिमा माइक्रो लाइफ’ तथा ‘गरिमा माइक्रो जनरल’ इन्स्योरेन्स कम्पनीहरु संस्थापना प्रक्रिया अघि बढाएको हो