स्थानीय तह

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, आत्महत्या हुनसक्ने प्रहरीको भनाइ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाकाका अनुसार काभ्रेस्थलीका दिनेश पाण्डेको घरमा पाण्डेसहित उनकी श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

दार्चुलाको शाैल्यशिखरमा ६ महिनादेखि तलब पाएनन् हटाएका कर्मचारीले

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुले माघ महिनादेखिको तलब पाएका छैनन्। हालको स्थानीय निर्वाचन पश्चात गठन भएको नयाँ नेतृत्वको नगरकार्यपालिकाले हाल ती कर्मचारीहरुलाई हटाएपनि तलब भने दिएको छैन। विगतमा कांग्रेस नेतृत्वमा नगरपालिका छँदा करारमा भर्ना गरिएका कर्मचारीहरु हालको स्थानीय निर्वाचन पश्चात एमालेको नेतृत्व आएसँगै ती कर्मचारीहरु हटाएको तर आफूहरुले असार मसान्तसम्म काम गरेको भएपनि नगरपालिकाबाट माघ महिनादेखि हालसम्म तलब नपाएको पशु सेवा शाखाका नाप्रास जितेन्द्रसिंह धामीले बताए। उनले

डिलाशैनीमा छोराले गरे आफ्नै बाबाको हत्या

दार्चुला।बैतडीको डिलाशैनी गाउँपालिका-५ शेरामा छोराले आफ्नै बाबाको हत्या गरेका छन्। शुक्रबार बिहानै २१ वर्षिय लोकेन्द्र जोशीले आफ्नै बाबा ६० वर्षिय अन्तराम जोशीको हत्या गरेका हुन्। उनले बाबाको टाउँकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारले टाउँको र शरीर अलग भएको छ। हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।

विद्यार्थीमा अज्ञात रोग देखिएपछि खण्डेश्वरी माबिमा पाँच दिन विदा, परीक्षा स्थगित

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको खण्डेश्वरी माबिमा अद्ययनरत विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । आज साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकको निर्णय अनुसार खण्डेश्वरी माबिमा अद्ययनरत छात्राहरुमा विगत चार पाँच दिनदेखि अज्ञात रोगका कारण एक्कासी छटपटिने, रुने, कराउने, मुर्छा पर्ने, भिडभाडदेखि डराउने जस्ता लक्षणहरुले गर्दा स्वास्थ्यमा समस्या पर्न गइ विद्यालयमा पठनपाठनमा बाधा पर्न गएकाले साउन १३ गतेदेखि

लेकमका जनप्रतिनिधिले नियम विपरित झण्डै ४ लाख भत्ता लिएको खुलासा, कसले कति लिए ?

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका जनप्रतिनिधिले अनुगमनको नाममा झण्डै ४ लाख रुपैँया लिएको खुलासा भएको छ । २०७७/७८ को महालेखाको प्रतिवदेन अनुसार जनप्रतिनिधिहरुले अनुगमन भत्ताको नाममा ३ लाख ८७ हजार ३८६ रुपैँया लिएको खुलासा भएको हो । महालेखाले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ तथा पदाधिकारी सेवा सुविधा ऐन २०७५ र संशोधन २०७६ मा पदाधिकारीले स्थानीय तहमा अनुगमन गरेको भत्ता पाउने कुनै व्यवस्था गरेको देखिदैन, त्यसकारण सो रकम असुलउपर

जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु

धनगढी ।टीकापुर अस्पतालमा जनरल सर्जन सेवा शुरु भएको छ । जनरल सर्जन नविन चन्द्र भट्ट टीकापुर अस्पतालमा आएसंगै जनरल सर्जन सेवा शुरु भएको हो । यसअघि विर अस्पताल काठमाण्डौमा कार्यरत भट्ट सरुवा भई टीकापुर अस्पताल आउनु भएको हो । अव टीकापुर अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा प्रदान हुने डाक्टर भट्टले जानकारी दिनु भयो । त्यस अन्र्तगत हाइड्रोशील, हर्नीया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिसटुला, स्तनका गाँठागुँठी, स्तन ट्यूमर, छातीमा

सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा

प्रशारण लाइनमा मान्छे चढेपछी विद्युत आयोजना बन्द

काठमाडौं ।नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले २६६ जनाका लागि खुल्यो विज्ञापन

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी–जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ। यस्तै

अछामकाे तुर्माखाँद गाउँपालिकाका  अध्यक्षले कार्यालयमा टागे केपी ओलीको फोटो !

अछाम/ कुनै पनि तहको उम्मेदवार बन्नका लागि राजनीतिक दलले टिकट दिन्छन् र टिकट पाउनेले पार्टीको आधिकारिक चुनाव चिन्ह लिएर मत माग्छन्। स्वतन्त्र उम्मेदवारको हकमा भने पार्टीले टिकट दिने कुरा लागू हुँदैन। जसले निर्वाचनमा जसले सबैभदा बढी मत प्राप्त गर्छ उसैले चुनाव जित्छ। चुनाव लड्दा जुनसुकै पार्टीको चिन्ह लिए पनि चुनाव जितिसकेपछि भने सबै नागरिकको प्रतिनिधि हुन्छ। चुनाव जितिसकेपछि उसले गर्ने काम, उसको आचरण, व्यवहार पनि साझा हुनुपर्छ। हालै स्थानीय तहको निर्वाचन