स्थानीय तह

सुदूरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका(१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने

हरेक बिहानै पत्नीले यी कार्य गर्दा चम्किन्छ पतिको भाग्य

काठमाडौँ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको आधा भाग मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन

नेकपाका २२ परिवार काँग्रेसमा प्रवेश

बाजुरा । जिल्लाको पुर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनको गोठी गाउँमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाको अखडा रहेको उक्त टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार नेपाली काँग्रेस बुढीनन्दा वडा नं ८ को वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सो टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेग गरेको स्थानीय लालबहादुर रोकायाले जानकारी दिएका छन् । उनले

सबै विद्यालय असोज ७ गतेदेखि खुल्ने, यस्तो आयो बैठकको निर्णय

काठमाडौं । सबै सरकारी तथा निजी विद्यालय असोज ७ गतेदेखि खुल्ने भएका छन् । दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको हो । जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए। दोलखा जिल्लाका सम्पूर्ण

लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् । केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला

आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने तीन व्यापारीको कारोबार रोक्का

काठमाडौँ । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो। कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए। त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४०

आगलागीबाट घर जलेर नष्ट

बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य

कालिकोट कोरोना मुक्त

मान्म । कालिकोट कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६६१

चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।