चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा


अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ।

पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ। गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा पार्टीले कारवाही समेत गरेको नेकपा अछाम (विप्लव)ले जनाएको छ।

असोज ५ गते डिप्रोक्स वितिय संस्थाका कर्मचारीले सकंलन गरेको २ लाख ५० हजार रकम समेत स्थानीयहरुलाई फिर्ता गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ। डिप्रोक्स वितिय संस्थाका कर्मचारी जनक अधिकारीले संकलन गरेको रकम जोबाट संकलन गरेको उनीहरुलाई नै बाडिएको बताएको छ। अबदेखि व्याज नअसुल्न भन्दै अधिकारीलाई सम्झाई बुझाई छोडिएको नेकपा अछाम९विप्लव०ले जनाएको छ।

जनहित विपरित गतिविधि सञ्चालन गरेका र नेपाल सरकारको मौद्रिक नीति उल्लंघन गर्ने सवै वितिय संस्थालाई कार्वाहि गरिने पार्टीको निति रहेको नेकपा अछाम (विप्लवका) जिल्ला सचिव आखिरले बताए। नियन्त्रणमा लिएका कर्मचारीको अवस्था अज्ञात राखिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *