स्थानीय तह

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाई सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता

कञ्‍चनपुरमा विभिन्‍न पार्टीका दुई सय बढी कार्यकर्ताहरु गरे कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहजिल्ला कञ्चनपुरका विभिन्न पार्टीमा आवद्ध दुई सय बढी कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका छन् । उनले शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने महाकाली नगरपालिकामा विभिन्न पार्टीमा आवद्ध दुई सय बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् । महाकाली नगरपालिका–७ मा आयोजित एक कार्यक्रममा लेखकले दुई सय २० जनालाई कांग्रेसमा प्रवेश गराएको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । कांग्रेस प्रवेश गर्नेमा महाकाली

आफ्नै पार्टी बाट निर्वाचित मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा अविश्वासको प्रस्ताव दर्ता भएको छ । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् । नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित

गेटा मेडिकल कलेजले एमबीबीएसको पढाई सुरु गर्न अनुमती पायो, कहिले देखी हुन्छ पढाइ ?

धनगढी । गेटा मेडिकल कलेजमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ। २७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतीमा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भईसकेको, अस्पताल भवन, छात्रबास

कहिले आउँछ दार्चुलामा पीसीआर मेसिन ?

दार्चुला । कोरोना भाइरसको संक्रमण भएनभएको पत्ता लगाउने पीसीआर परीक्षण मेसिन खरिद गर्ने जिल्ला सभाले निर्णय गरेको ३ महिना बितिसकेको छ । कोरोनाका संक्रमित दिनदिनै बढिरहेको र परीक्षणका लागि स्वाब संकलन गरेर अर्को जिल्ला पठाएर रिपोर्ट आउँदासम्म संक्रमण फैलिने हुन्छ । त्यसैकारण जिल्लामा नै कोरोना परीक्षण गर्ने गरी पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको थियो । तर, त्यस्तो निर्णय गरेको ३ महिना बितिसक्दा पनि खरिदप्रक्रिया भने अगाडि बढेको छैन । असार

गोरेटो बाटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ । घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च

चार दिनसम्म पनि उठेन सम्झनाको श’व

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्। सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका

कोरोनाबाट सैनिक जवानको मृत्यु

बझाङ । कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्युु भएको मृतकका आफन्त दिनेश रावलले बताए । उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा

चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा

अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ। पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ।